+
+

सत्ता गठबन्धनलाई ईश्वर पोखरेलको चुनौती : एमालेसँग एक्लै चुनाव लडेर देखाऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १८:०२

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका छन् । उनले अहिलेको गठबन्धन एमालेको विरुद्धमा बनेको उनको दाबी छ ।

सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले संविधान र कानूनको ठाडो उल्लंघन गरिरहेको समेत आरोप लगाए ।

सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानूनलाई ठाडो उल्लंघन गरेको उनले जिकिर गरे । अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्न समेत पछि नपरेको आरोप लगाउँदै उनले भने, ‘एमालेको विरुद्धमा एउटा गठबन्धन तयार छ, त्यो गठबन्धन उसले अरु केही गरेको छैन, संविधान र कानूनहरुलाई ठाडो उल्लंघन गरेको छ, मूल्य मान्यताहरुलाई ठाडो उल्लंघन गरेको छ, राजनीतिक अस्थिरता सिर्र्जना गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?