+
+

सकियो ‘म राजेश हमाल’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १४:१५

चलचित्र ‘म राजेश हमाल’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माणपक्षले बताएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको यो चलचित्रको सम्पूर्ण छायांकन धनगढीमा गरिएको छ । राजेश हमाल एक सुपरस्टार मात्र नभएर इमोसन पनि हो भन्ने कथामा यो चलचित्र बनेको निर्माता केदार भुसालले जानकारी दिए ।

चलचित्रमा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सञ्जोग रसाइलीको  अभिनय रहेकाे छ भने अतिथि भूमिकामा नायक आर्यन सिग्देल पनि रहेका छन् ।

यो चलचित्र राजेश हमालको बायोग्राफी नभएको निर्माता भुसालले बताए । अनुज हमाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा जोन योञ्जनको कथा, जोन र शायद कार्कीको पटकथा, आलोक शुक्लाको छायांकन र भीम विश्वकर्माको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?