+
+

आरभ र सलोनीलाई गणेशमान टेनिस उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते २१:०९

१६ कात्तिक, काठमाडौं । गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा पुरुषतर्फ आरभ सम्राट हाडा र महिलातर्फ सलोनी तामाङ च्याम्पियन बनेका छन् ।

मंगलबार सम्पन्न फाइनल खेलमा आरभले ऋतिक राणालाई ६–३, २–६ र ६–१ ले तथा सलोनीले प्रेरणा कोइरालालाई ६–३, ६–४ ले पराजित गदै उपाधि जितेका हुन् ।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको पुरुष युगल तर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले बाजी मारे । उक्त जोडीले अकि जुवेन राउत र निहाल जंग बहादुर थापाको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्दै जित हात पारेका हुन् ।

३५ बर्ष माथिको पुरुष युगल तर्फको खेलमा कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडीले उपाधि उचाले । उक्त जोडीले निरज थापा र लोक गुरुङको जोडीलाई ६–४, १–६ र १०–८ को कठिन जित निकाले ।

सातदोवाटोस्थित टेनिस कोर्टमा भएको प्रतियोगिताको ४५ बर्ष माथिको पुरुष एकलमा सिजर गुरुङलाई पछि पार्दै विमल कुमार गुरुङले उपाधी उचाले । विमलले सिजर माथि ६–१, ६–१ को जित निकाले ।

यस्तै युगलतर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी माथि ६–२, ६–३ ले जित निकाल्दै उपाधिमा नाम लेखाए ।

५५ बर्षमाथिको प्रतिस्पर्धामा भेट्रान खेलाडी कमल थापा र छम्ब धोन्दुपको जोडीले कृष्ण राज घले र सुवर्ण धाख्वाको जोडीलाई ६–८, ६–१ र १०–८ ले पराजित गर्दै उपाधि जिते ।

प्रतियोगितामा पुरुष तथा महिला एकल तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश नगद ८० हजार, ४० हजार र २० हजार, युगल तर्फका शीर्ष तीनले ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?