+
+

डोटीका ७ पालिकामा एमालेको नयाँ नेतृत्व : एउटामा चुनाव, ६ मा सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १२:२३

१७ कात्तिक, डोटी । डोटीका नौ स्थानीय तहमध्ये सात वटामा नेकपा (एमाले)ले नयाँ नेतृत्व चयन गरेको छ ।

नेतृत्व चयनका क्रममा दिपायल सिलगढी नगरपालिकामा निर्वाचन भएको छ भने अन्य ६ पालिकाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सोमबारदेखि सुरु भएको अधिवेशनमा नेतृत्वको लागि सहमति जुट्न नसकेपछि मंगलबार नगर कमिटी चयनका लागि भएको निर्वाचनबाट कर्णबहादुर बिष्ट नगर कमिटी अध्यक्ष चयन भएका छन् । अध्यक्षमा दानबहादुर साउँद र शिवराज साउँद पनि प्रतिस्पर्धी रहेका थिए ।

निर्वाचनबाट उपाध्यक्षमा टेकबहादुर नेपाली, सचिवमा नवराज नेपाली, उपसचिवमा दिपा श्रेष्ठ र हर्क नेपाली निर्वाचित भएका छन् ।

एमाले डोटी जिल्ला कमिटीले दिएको जानकारी शिखर नगरपालिकास्तरीय कमिटीको अध्यक्षमा भीमबहादुर बलायर सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा शेरबहादुर बोहरा, सचिवमा भरतबहादुर सिंह, उपसचिवमा नवीन जोरा र राधिका टमटा चयन भएका छन् ।

आदर्श गाउँ कमिटीको अध्यक्षमा गोविन्द पार्की चयन भएका छन् । उपाध्यक्षमा दानबहादुर धामी, सचिव चन्द्रदेव ओझा, उपसचिव महेश ओझा र शेरबहादुर बिष्ट चयन भएका छन् ।

सायलगाउँ कमिटीको अध्यक्षमा केशवराज उपाध्याय, उपाध्यक्षमा संग्राम नेपाली, सचिवमा गणेशबहादुर ऐर, उपसचिव गणेशबहादुर बिक र जनक सिंह चयन भएका छन् ।

वडीकेदार गाउँ कमिटीको अध्यक्षमा प्रकाश धामी चयन भएका छन् । यस्तै उपाध्यक्षमा टेकबहादुर कलेल, सचिवमा मनोज देउवा र उपसचिवमा रम्भादेवी मगर चयन भएका छन् ।

बोगटान फुड्सिलगाउँ कमिटीको अध्यक्षमा खेमबहादुर घर्तीमगर, उपाध्यक्षमा बिरबहादुर ताम्राकार, उपसचिवमा विमला बम र ज्ञान मल्ल बम चयन भएका छन् । जोरायल गाउँ कमिटीको अध्यक्षमा तीर्थ भण्डारी चयन भएका छन् । यस्तै उपाध्यक्षमा इन्द्र वली, सचिवमा चित्रराज भट्ट, उपसचिवमा गगनसिंह रावत र शेरबहादुर देउवा चयन भएका छन् ।

पूर्वीचौकी गाउँपालिकामा सोमबार सुरु भएको अधिवेशन कात्तिक ३० गतेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका क्रममा गाउँ कमिटी अध्यक्ष पदमा आठ जनाको दाबी परेको र सहमति हुन नसकेका कारण कात्तिक ३० गतेका लागि स्थगित गरिएको एमाले जिल्ला कमिटी सदस्य कृष्ण खड्काले जानकारी दिए ।

के आई सिंह गाउँपालिकाको अधिवेशन बुधवार हुने भएको छ ।

यसअघि जिल्लाका ६५ वटै वडाहरूमा निर्विरोध नेतृत्व चयन भएको एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?