+
+

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलदेखि प्रवेशद्वारसम्म बस चलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १३:०५
फाइल तस्वीर

१७ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट गोल्डेन गेट (प्रवेशद्वार) सम्म ‘सटल बस’ सञ्चालन गरिने भएको छ ।

सो प्रयोजनका लागि आन्तरिक तयारी शुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । ‘दुईदेखि तीन वटा बस गोल्डेन गेटमा र त्यति नै संख्यामा बस आन्तरिक टर्मिनलमा राखेर चलाउने तयारी भइरहेको छ,’ उनले अनलाइनखबरसँग भने । बसहरुको व्यवस्थापन गर्न समेत आफूले सम्बन्धित निकायमा निर्देशन दिइसकेको उनले जानकारी दिए । ‘बस भाडामा ल्याउने कि, खरीद गर्ने की कुनै निकायबाट निःशुल्क प्राप्त हुन्छ भन्नेबारे हामी छिट्टै निछोडमा पुग्छौं,’ उनले भने ।

खासगरी आन्तरिक उडानमा सबै वर्गका यात्रुले यात्रा गर्ने र उनीहरुले ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नु परेको गुनासो आएपछि प्राधिकरणले सटल बसको व्यवस्था गर्न लागेको हो ।

यसपछि यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सिधै सार्वजनिक यातायात वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्नेछन् । साथमा हवाई यात्राका लागि पैदल आउने यात्रुले ब्यागसहित टर्मिनलसम्म हिँड्नु नपर्ने गरी यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?