+
+

रुपन्देहीमा राति ९ बजेपछि भैलो खेल्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १८:११

१७ कात्तिक, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ ।

बुधबार एक सूचना जारी गर्दै प्रशासनले राति ९बजे सम्म मात्रै देउसी भैलो खेल्न सकिने जनाएको हो । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा देउसी भैलोलगायतका परम्परागत साँस्कृतिक कार्यक्रम राति ९ बजेसम्म स्थानीय रुपमा सीमित संख्यामा सहभागी भई स्वास्थ्य मापदण्डको पालना गरेर खेल्न आग्रह गरिएको छ ।

धार्मिक साँस्कृतिक र सामाजिक सहिष्णुता कायम गरी चाडपर्व मनाउन र चाडपर्व मनाउँदा सरकारले तोके बमोजिम तथा जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञामा उल्लेख भए बमोजिमका मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

समाजमा अशान्ति फैलाउने किसिमका आतिसबाजी, पटका पड्काउने, सोको अवैध बेचबिखन गर्ने, विष्फोटक पदार्थ आयात एवं बिक्री वितरण गर्ने कार्य पनि प्रशासनले निषेध गरेको छ ।

अखाद्य वस्तुको बिक्री नगर्न, मूल्यवृद्धि र कालोबजारी नगर्न, मदिराजन्य पदार्थको सेवन गरी होहल्ला गर्ने कार्य नगर्न पनि प्रशासनले सम्बद्ध सबैमा अनुरोध गरेको छ । कानुन विपरीतका क्रियाकलाप भए गरेको पाइए कारवाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?