+
+

नदीजन्य पदार्थमा दोहोरो कर नउठाउन उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १८:३८

१७ कात्तिक, बुटवल । उच्च अदालत तुलसीपुर दाङले दोहोरो कर नउठाउन लमही नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

स्वर्गद्वारी टिप्पर यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले नदीजन्य पदार्थमा दोहोरो कर लिएको भन्दै नगरपालिकाविरुद्ध रिट दायर गरेका थिए । नेपालको संविधान २०७२ को अनुसूची ८ विपरीत भएको भन्दै उनले रिट दायर गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म भ्याट समेतको दोहोरो कर नउठाउन÷उठाउन नलगाउन भनी अन्तरिम आदेश जारी गरेको हो । लमही नगरपालिकाले लगाएको ठेक्कामा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले व्यवसायीहरुबाट भ्याट बिल देखाउँदा समेत जबर्जस्तीरुपमा स्थानीय निकासी करका नाममा प्रतिटिपर ९ सय रुपैयाँ असुल्दै आएका थिए ।

पटक–पटक नगरपालिकामा गुनासो गर्दा पनि व्यवसायीको गुनासोलाई सम्बोधन गर्न सकेको थिएन । लमही राजमार्ग भएर बाहिर जाने जुनसुकै वस्तुमा यसरी स्थानीय उत्पादन करका नाममा नगरपालिकाले दोहोरो कर उठाउन थालेपछि जिल्ला प्रशासन कार्यालयमा समेत यसविरुद्ध उजुरी परेको थियो ।

नगरपालिकाले यसरी दोहोरो कर उठाउन थालेपछि यसको मार प्रत्यक्षरुपमा नदीजन्य पदार्थका उपभोक्ता एवं निर्माण व्यवसायीलाई पर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?