+
+

ट्याक्टरले चेपिएर गोरखामा एक जनाको मृत्यु 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते २०:४१

१७ कात्तिक, गोरखा । गण्डकी गाउँपालिका–३ फुजेलको तिवारी गाउँमा ट्याक्टरको ठक्करले सोही ट्याक्टरमा सवार एक व्यक्तिको मृत्यु भएको छ । ट्याक्टरबाट ओर्लने क्रममा टायरले चेपिएर स्थानीय प्रेम प्रसाद देवकोटाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ग १ त ५७८८ नम्वरको उक्त ट्याक्टर ताङ्लीचोकबाट फुजेल तर्फ जाँदै गरेको थियो । देवकोटाको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भइरहेको डीएसपी प्रकाश दाहालले बताए । ट्याक्टर नियन्त्रणमा रहेको र चालक सम्पर्कमा आएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?