+
+

यु- २३ फुटबल टिम स्वदेश फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते २१:०७
तस्वीर : अखिल नेपाल फुटबल संघ

१७ कात्तिक, काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट खेलेर नेपाली राष्ट्रिय यु-२३ फुटबल टिम बुधबार स्वदेश फर्किएको छ । ताजिकिस्तान भएको छनोट अन्तर्गत समूह बी को खेल खेलेर नेपाली टोली बुधबार बेलुका काठमाडौं आइपुगेको हो ।

राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित ताजिकिस्तान पुगेको नेपाल समूहको तीनवटै खेल हार्दै समूह चरणबाटै बाहिरिएको थियो । नेपालले तीन खेलमा एक गोल पनि गर्न सकेन ।

पहिलो खेलमा इरानसंग ४-० ले पराजित भएको नेपाल दोस्रो खेलमा घरेलु टोली ताजिकस्तानसंग ६-० र तेस्रो खेलमा लेबनानसंग ४-० ले पराजित भएको थियो ।

बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको टोलीमा माल्दिभ्समा सिनियर टिमबाट साफ च्याम्पियनसिप खेलेका ६ खेलाडी समेत समावेश थिए ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका अरु ४ खेलाडी पनि थिए । तर यु-२३ समूहमा पनि नेपालको प्रदर्शन भने राम्रो हुन सकेन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?