+
+

देशैभरका हलमा ‘सूर्यवंशी’को बर्चस्व, क्यूएफएक्स चेनमा ५८ शो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १२:०३

भोलीबाट विश्व बजारमा रिलिज हुन लागेको बलिउड चलचित्र ‘सूर्यवंशी’मा दर्शक, चलचित्रकर्मी र मिडियाकर्मीको नजर परेको छ । कोभिडका कारण छिन्नभिन्न भएको मनोरञ्जन क्षेत्रलाई लयमा फर्काउनका लागि यो चलचित्र कोशेढुंगा साबित हुने वुझाई अधिकांशको छ ।

नेपालमा पनि यो चलचित्रको व्यापारलाई प्रदर्शक, मेकर, वितरक, मिडिया र दर्शकले चासोका साथ हेरेका छन् । यो चलचित्रबाट दर्शक हलसम्म फर्किएको खण्डमा नेपाली चलचित्रका मेकरले पनि लामो सास फेर्नेछन् । भोलीबाट रिलिज हुन लागेको यो चलचित्रलाई देशभरका सय बढी पर्दामा रिलिज गरिने वितरक मनोज राठीले जानकारी दिए ।

यो चलचित्रलाई मल्टिप्लेक्सले उच्च शोज दिएका छन् । देशभरका १० वटा स्टेशनमा क्यूएफएक्सले ५८ शोज दिएको छ । जय नेपाल र कुमारी जस्ता हल बन्द हुँदा पनि क्यूएफएक्समा यो चलचित्रले उच्च शोज पाएको छ । यस्तै, काठमाडौंको नयाँ बाँनेश्वरमा रहेको वान सिनेमाजमा यो चलचित्रले ६ शो पाएको छ ।

कमलपोखरीमा रहेको वीग मुभिजले यो चलचित्रलाई ११ शो उपलब्ध गराएको छ । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैैफको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?