+
+

न्यूरोड, असनमा भाइ मसला किन्‍नेहरुको चहलपहल बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १३:५९

१८ कात्तिक, काठमाडौं। काठमाडौंको व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहल पहल बढेको छ ।

भाइ टीकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन्। दाजुभाईलाई सप्तरंगी टीका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठा मिठा परिकार दिने प्रचलन रहेको छ ।

भाइ मसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खना, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ । यी मसलाहरु किनमेल गर्न सुरु भइसकेका छन् ।

भाइ मसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसले हरुले पनि विक्री गरिरहेका छन् । त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरुबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ ।

काठमाडौंको न्यूरोड, असन लगायतका सडक पेटीहरुमा भाइ मसला किन्नेको भीड लागेको देख्न सकिन्छ । समग्रमा विगत दुई दिन यता भाइ मसला किन्नेहरुको भीड बढेपनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम नै भएको मसला व्यापारी सजिव बज्राचार्यले बताए ।

भाइ मसला प्रायः विदेशबाट आउने र नेपाली उत्पादन कम नै हुने उनले बताए। भाइ मसला पनि विभिन्न गुणस्तरको आउने उल्लेख गर्दै उनले स्वस्थ मसला किन्न सुझाव दिए ।

सडक पेटीहरुमा सानादेखि, ठुलासम्मका प्याकेट बनाएर बेचविखन भइरहेको पनि देख्न सकिन्छ। हरेक सामान किन्न हरेक पसल पुग्नुपर्ने झन्झटबाट मुक्त हुन उपभोक्ताहरु सबै सामग्री मिसिएको रेडिमेट प्याकेटमै आकर्षित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?