+
+

राजस्व छली गर्ने १७ कम्पनीका ६४ जनाविरुद्ध उच्च अदालतमा मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १७:५०

१८ कात्तिक, काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै १७ फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । ती मुद्दामा ६४ जनालाई प्रतिवादी बनाइएको छ ।

झुठा तथा नक्कली कर बिजकको प्रयोग गरी राजस्व छली गर्नेहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
सबै मुद्दा दशैंपछि दर्ता गरिएको हो । राजस्व छली गर्नेहरुमा व्यापारिक प्रयोजनका फर्म र निर्माण सेवा प्रदायक कम्पनी समेत रहेको विभागले जनाएको छ ।

विभागले सांग्रिला ट्रेड एन्ड सप्लायर्स, महालक्ष्मी ट्रेड कन्सर्न, चन्दन सप्लायर्स, हनुमान सप्लायर्स, डिलाइट इन्टरप्राइजेज, जिएम इम्पोर्ट एन्ड एक्सपोर्ट, अन्सार मञ्जिल ट्रेडर्स, पीआर निर्माण सेवा, न्यू दीप इन्टरनेसनल, डीएन इन्टरनेसनल फर्मका विरुद्ध मुद्दा दाउय गरेको छ ।

यस्तै हिमालयन नेपाल सप्लायर्स, श्री आरपी ट्रेडर्स, इन्फ्राटेक प्रालि, साकिर अलि, नितिश इम्पेक्स, मोर्गन ट्रेड लिंक र राइज अटो ट्रेड प्रालिबिरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?