+
+

जाभी बार्सिलोना फर्कने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १७:०३

१८ कात्तिक, काठमाडौं । बार्सिलोनाका पूर्वकप्तान जाभी अब प्रशिक्षक बन्ने भएका छन् । हाल जाभी प्रशिक्षक रहेको कतारी क्लब अल सादले जाभी बार्सिलोना जाने पक्का भएको जनाएको छ ।

अब उनले बर्खास्तीमा परेका रोनाल्ड कोम्यानको स्थान लिनेछन् । कोम्यान बर्खास्तीमा परेपछि बार्सिलोनाका पदाधिकारीहरु जाभीसँग कुरा गर्न कतार पुगेका थिए ।

जाभीले केही दिनअघि नै बार्सिलोना संकटमा रहेको र आफूले जान चाहेको जानकारी गराएको र त्यसमा आफूहरुले नरोक्ने निर्णय गरेको अल सादले जनाएको छ ।

बार्सिलोनाले जाभीका लागि ५ मिलियन युरो रिलिज मूल्य तिर्ने सम्झौता गरेको जनाइएको छ । साथै अल सादले जाभीलाई सधैँ क्लबमा स्वागत रहेको पनि जनाएको छ । जाभी २०१९ देखि अल सादको प्रशिक्षक छन् ।

४१ वर्षीय जाभीले खेलाडीको रुपमा बार्सिलोनामा ५०० भन्दा बढी खेल खेलेका छन् । उनले १७ सिजन क्लबमा बिताउँदा १५ मुख्य उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?