+
+

बंगलादेशमा नेपाली महिला क्रिकेट टोलीको जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २० गते २०:५९

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि बंगलादेश पुगेको नेपाली टोलीले अभ्यास खेलमा स्थानीय टिमलाई पराजित गरेको छ ।

शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजको पहिलो अभ्यास खेलमा नेपालले बीकेएसपीलाई २४ रनले पराजित गरेको हो ।

नेपाली टोलीले यही नोभेम्बर अन्तिम युएईमा हुने विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ र त्यसैको तयारीका लागि बंगलादेश गएको हो ।

पहिलो खेलमा नेपालले दिएको ७३ रनको लक्ष्य पछ्याएको बीकेएसपीले अलआउट हुँदै ४८ रन मात्र बनाउन सक्यो । ओपनर फरजाना लिसाले २५ रन बनाउनु बाहेक बीकेएसपीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी संगिता राईले सर्वाधिक ४ विकेट लिईन् । सरस्वती भण्डारी, कविता कुवँर, सिता राना र रुबिना क्षेत्रीले समान १–१ विकेट लिइन् ।

त्यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७२ रन बनाएको थियो । नेपालको लागि कविता जोशीले सर्वाधिक २३ रन बनाइन् । रुबिना क्षेत्रीले १६ र काजल श्रेष्ठले १२ रन बनाइन् । बीकेएसपीकी दिशाले ३ र सानुले १ विकेट लिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?