+
+

‘सूर्यवंशी’ले दिएको सन्देश : दर्शक हलमा आउँछन्, फिल्म राम्रो हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १२:५७

यो वर्षको दशैंमा नेपाली निर्माताले चलचित्र रिलिज गर्न डराए । चलचित्र संघ र चलचित्र विकास बोर्डले दिएको विभिन्न सुविधालाई समेत वास्ता नगरी उनीहरु करोडौंको लगानी जोखिममा नपार्ने अडानमा बसे । अर्थात् कोरोनापछि दर्शक ओटीटी प्लेटफर्ममा आकर्षित भएको, हल जान डराएको लगायतका तर्क पेश गर्दै निर्माताहरु खुम्चिएरै बसे । निर्देशक शोभित बस्नेतले ‘डाँडाको वरपीपल’ रिलिज गरेपनि त्यो बक्स अफिसमा लागि पर्याप्त बनेन ।

अरु बेलामा हिन्दी चलचित्रले नेपाली चलचित्रमाथि थिचोमिचो गर्‍यो भनेर चर्को बोली बोलेपनि यसपटक सबैजसो निर्माता हिन्दी चलचित्रकै आशमा बसे । तिहारमा रोहित सेट्ठीको निर्देशनमा बनेको चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक तानिदियो भने बल्ल हामी पनि रिलिज गर्छौं भन्ने सोचमा देखिए निर्माता । यसैले अबका दिनमा नेपाली चलचित्रमाथि हिन्दी चलचित्रको थिचोमिचो भयो भनेर कराउने छुट नेपाली निर्मातालाई छैन ।

शुक्रबारदेखि रिलिज भएको हिन्दी चलचित्र ‘सूर्यवंशी’ले भारतमा मात्र होइन, नेपालमा पनि सुखद कमाइ गर्‍यो । दर्शक हलसम्म आउँछन् कि आँउदैनन् होला भनेर आँखा सोझ्याएका निर्माताले बल्ल चेत पाए राम्रो चलचित्र बनाउन सके त दर्शक आउने रहेछन् ।

‘सूर्यवंशी’ हेर्न हलमा देखिएको भीडले दर्शक हलसम्म आउँछन् भन्ने सन्देश स्पष्ट रुपमा देखिएको छ । तर, दर्शक हलसम्म यति सजिलै भने आउँदैनन् । दर्शकलाई अब कोरोनासँग भन्दा नेपाली चलचित्रको कथावस्तुसँग बढी डर छ । किनकि, चलचित्र उत्कृष्ट बनेन, त्यसको प्रचार सही तरिकाले गरिएन भने दर्शक आउँदैनन् । ‘सूर्यवंशी’को क्रेज, कलाकारको स्टारडम र मार्केटिङको तरिकाले दर्शकलाई हलसम्म तान्न मद्दत गरेको हो । चलचित्र हेरिसकेपछि दर्शकले दिएको सकारात्मक प्रतिक्रियाले पनि दर्शकको उपस्थिति बाक्लिन थालेको हो ।

अब दर्शक हलसम्म आउँदैनन् कि भनेर नेपाली निर्माता डराउनु आवश्यक छैन । तर, मेकरलाई आफ्नो चलचित्रमाथि आत्मविश्वास भने हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?