+
+

दुई दिनमा ‘सूर्यवंशी’को कमाइ ५० करोड, नेपालमा पनि आक्रामक ओपनिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १४:४३

बलिउड चलचित्र ‘सूर्यवंशी’ले दर्शकलाई हलसम्म फर्काएको छ । यो चलचित्रले भारतका मात्र होइन, नेपालका दर्शकलाई पनि हलमा फर्काएको छ । शुक्रबार प्रदर्शनमा आएको ‘सूर्यवंशी’ले भारतीय बक्स अफिसमा दुई दिनमा ५० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।

शुक्रबार २६.२९ करोडको कमाइ गरेको यो चलचित्रले शनिबार २३.८५ करोडको व्यापार गरेको छ । दुई दिनमा चलचित्रको कमाइ ५०.१४ करोड पुगेको छ ।

चलचित्रले आइतबार पनि बम्पर कारोबार गर्ने बलिउड पण्डितहरुले अड्कल गरेका छन् । तीन दिनमा चलचित्रको व्यापार ८० करोडको आसपासमा पुग्ने देखिन्छ । ‘सूर्यवंशी’ कोरोना महामारीपछि सय करोड कमाउने पहिलो बलिउड चलचित्र बन्ने पक्का देखिएको छ ।

यो चलचित्रले नेपालमा पनि आक्रामक ओपनिङ गरेको वितरक मनोज राठीले बताए । देशभरका सय पर्दामा रिलिज भएको चलचित्रले दर्शकलाई हलसम्म फर्काएको छ । रोहित सेट्ठीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार, अजय देवगण, रणवीर सिंह, कट्रिना कैफ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?