+
+

ललितपुर आगलागी : चार मृतकको पोष्टमार्टम सकियो, रिपोर्ट आउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १६:२०

२१ कात्तिक, काठमाडौं । ललितपुरको मंगलबारमा भएको आगलागीमा ज्यान गुमाउने चारै जनाको पोष्टमार्टम गरिएको छ । लिखित प्रतिवेदन भने आउन बाँकी छ ।

पाटन अस्पतालका चिकित्सकहरुले दिएको प्रारिम्भक जानकारी अनुसार चारै जनाको मृत्यु निसासिएर भएको छ । स्रोतका अनुसार मृतक लक्ष्मीकृष्ण ताम्राकार र उनकी बुहारी रञ्जना ताम्राकारको शरीरको अधिकांश भाग जलेको छ । नाती निर्जल ताम्रकारको अगाडिको पाटो जलेको पाइएको छ ।

शुक्रबार साँझ म्ह पूजा गरिरहेका वेला घरमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको थियो । घरमा ११ जना थिए, तीमध्ये ५ जनाको उद्दार गरिएको थियो भने दुई जनालाई उपचारका लागि अस्पताल लगिएको थियो ।

अस्पताल लगिएका मध्ये एक जना डिस्चार्ज भएका छन्, अर्का एक जनाको उपचार जारी छ ।

प्रहरीको हालसम्मको अनुसन्धानले तेस्रो तलामा रहेको दियो पर्दामा सल्किएपछि आगो फैलिँदै चौथो तलासम्म पुगेको देखाएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?