+
+

फिल्म रिलिजका लागि नेपाली निर्माता के पर्खंदैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १२:४८

दशैंको लामो बिदामा समेत नेपाली चलचित्र रिलिज गर्न नसकेपछि निर्माताहरुको आलोचना भयो । राम्रो चलचित्र रिलिज गरेको खण्डमा दर्शक हलसम्म आउँछन् भन्ने विश्लेषण त्यतिबेला पनि भएको हो । तर, निर्माताले आँट गरेनन् ।

तिहारमा पनि बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपाली हल भरिभराउ भयो । तर तिहारमा नेपाली निर्माताले चलचित्र रिलिज गर्ने आँट गर्न सकेनन् । चलचित्र ‘सूर्यवंशी’ हेर्नका लागि दर्शकको लामो लाइन देखेपछि धेरैले फेरि भन्न थालेका छन्, नेपाली निर्माताले अर्को अवसर पनि गुमाए ।

‘सूर्यवंशी’ले हलमा दर्शकलाई फर्काएको छ । तर, पनि नेपाली चलचित्र चलाउनका लागि निर्माताको चहलपहल देखिंदैन । अझै पनि निर्माताहरु चलचित्र चलाउने कि के गर्ने भनेर पर्खिरहेका छन् । वितरक मनोज राठी भन्छन्, ‘खै, नेपाली निर्माताले अझै के पर्खिएका हुन् ?’

दर्शकले पहिलो भागमा अध्याधिक माया गरेका चलचित्रका निर्माताले समेत सिरिज चलचित्र चलाउने आँट गर्न सकेका छैनन् । अधिकांश निर्माताको एउटै भनाइ हुन्थ्यो, ‘करोडौं लगानीमा बनेका चलचित्रलाई जोखिम मोलेर कसरी रिलिज गर्नु ?’

अब नेपाली निर्माताले चलचित्र चलाउनका लागि के पर्खिरहेका होलान् त ? चलचित्र ‘आई एम ट्वान्टी वान’की निर्देशक रेनशा बान्तवा राई भन्छिन्, ‘बल्ल चलचित्र चल्छ भन्ने आशा पलाएको छ । नेपाली र हिन्दी चलचित्र एकसाथ चलाउनुपर्छ भन्ने कुरालाई अब हामीले स्वीकार गर्नुपर्छ ।’

रेनशाले चलचित्र रिलिजका लागि मिति पाउन नै मुस्किल रहेको कुरालाई स्वीकार गरिन् । ‘हामी जनवरी ७ सम्म चलचित्रको प्रदर्शन मिति तय गर्छौं । तर, चलचित्रको प्रदर्शनका लागि राम्रो डेट पाउन नै समस्या छ,’ उनले भनिन् ।

‘सूर्यवंशी’ रिलिजले प्रदर्शकको मुहारमा खुशी ल्याएको भन्दै रेनशाले अब भने चलचित्र चलाउने आशा पलाएको बताइन् । पहिलो चरणको लकडाउन अगाडि नै निर्माण भएर प्रदर्शनको पालो पर्खिरहेकादेखि लकडाउनपछि निर्माण भएका चलचित्रको संख्या ५ दर्जन हाराहारीमा छ । तर, अहिलेसम्म ‘चुरीफुरी, ए मेरो हजुर ४, लप्पन छप्पन २ र चिसो मान्छे’का निर्माताले मात्र चलचित्र प्रदर्शनको लागि मिति तय गरेका छन् ।

करिब दुई वर्ष हिन्दी र अंग्रेजी चलचित्र एक साताको अन्तरमा रिलिज हुँदैछन् । यसले नेपाली निर्मातालाई अर्को समस्या खडा गरिदिएको छ ।

‘सूर्यवंशी’ले नेपाली चलचित्रका निर्मातालाई जुर्मुराइदिएको छ । तर, अब नेपाली निर्माताहरु कुन मितिमा चलचित्र रिलिज गर्ने भन्ने समस्यामा भने परेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?