+
+

एनबी बैंकका सीईओको तलब भत्ता मासिक ११ लाख ७५ हजार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १५:३१

२२ कात्तिक, काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले तलब भत्ता वापत मासिक ११ लाख ७५ हजार रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा सीईओ ढुंगानाले बैंकबाट मासिक ११ लाख ७५ हजार रुपैयाँका दरले तलब भत्ता बुझेका हुन् ।

बैंकले दिएको जानकारी अनुसार उनले एक वर्षमा १ करोड ४१ लाख रुपैयाँ बुझेका छन् । अघिल्ला दुई वर्षसम्म लगातार उनले तलब भत्ता वापत वार्षिक १ करोड ४१ लाख रुपैयाँ नै बुझेका छन् । यस अर्थमा उनको तलब तीन वर्षदेखि वृद्धि नभएको देखिएको छ ।

गत आर्थिक वर्षमा यस बैंकका सञ्चालकहरुले २४ लाख ९२ हजार ५ सय रुपैयाँ भुक्तानी लिएका छन् । बैंकका प्रवन्ध तहका कर्मचारीहरुले भने ५ करोड २५ लाख ९० हजार रुपैयाँ तलब र तलबको दोब्बर १० करोड ४२ लाख २५ हजार ५ सय ७७ रुपैयाँ भत्ता वापत बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?