+
+

हाम्रो प्रतिस्पर्धा अलिकति कांग्रेससँग हो : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १७:३२

२२ कात्तिक, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् ।

नेकपा एमाले मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाहेकका अरु दल आफूहरुसँग प्रतिस्पर्धामा नै नरहेको बताएका हुन् ।

‘हाम्रो प्रतिस्पर्धा अलिकति नेपाली कांग्रेससँग हुनेछ,’ उनले भने,‘अरु नेपाली कांग्रेसको आड लागेकाको दम छैन एक्लै लड्ने ।’

उनले सरकार चुनावसम्म टिक्ने सम्भावना पनि नरहेको बताए । ‘हामी पाँच दल चुनावसम्मै मिल्छौं किन भन्दैन कांग्रेस,’ उनले भने, ‘…कांग्रेससँग मिसिएकाहरु छन् नि कांग्रेसका सेवक ढोके, हुक्के, छातेहरु चाहिँ हामी चुनावसम्म एक ढिक्का भएर जान्छु भन्दै कराएका करायै छन् किनभने कांग्रेसको औंला नसमाती यिनीहरु उभिन सक्दैनन् ।’

अध्यक्ष ओलीले एमालेको सरकार ढालेर मन्त्री बनेकाहरूले आगामी निर्वाचनमा जमानत जोगाउन नसक्ने दावी गरे ।

‘१ नम्बर प्रदेशमा पनि भर्खरै सरकार ढालेका छन् । सिट धेरै भएर होइन, जनमत धेरै आएर पनि होइन,’ उनले भने, ‘अहिले एमालेको सिट संख्याको आधा सिट पनि कुनै दलको छैन, एमाले छोडेर मन्त्री भएकाहरूले फेरि आउँदो चुनावमा जमानत जोगाएर देखाउन् त ।’

अधिकांश समय अदालत र वर्तमान सरकारको आलोचनामा खर्चिएका ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरमा आउने पनि जिकिर गरे ।

आफूले चाहे एक सातामा सरकार ढाल्न सक्ने बताउँदै उनले ‘लुतो लागेको’ सरकार आफैँ खुइलिने बताए । गठबन्धनमा रहेका पाँच दल पाँचतर्फ फर्किएको बताउँदै उनले सरकार धेरै रहे १३ महिनासम्म मात्रै रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?