+
+

यू-२३ टिमका कप्तान अर्पण र भारतीय शेम मार्टन च्यासलमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १८:१६

२२ कात्तिक, काठमाडौं । नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि ललितपुरको च्यासल युथ क्लबले सोमबार यू-२३ राष्ट्रिय टिमका कप्तान अर्पण कार्की र भारतीय खेलाडी सेम मार्टनलाई अनुबन्ध गरेको छ ।

२१ वर्षीय गोलकिपर अर्पणको कप्तानीमा नेपाल यू-२३ टिमले केही समयअघि ताजिकिस्तानमा एएफसी यू-२३ एसियन कप छनोट खेलेको थियो ।  च्यासलले सोमबार नै अनुबन्ध गरेको अर्का खेलाडी सेम मार्टन भारत केरलाका खेलाडी हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यो सिजन ए डिभिजन लिग यही कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । नेपालको उमेर समूहमा सफल कप्तान रहेका अर्पणको कप्तानीमा नेपालले सन् २०१७ मा भुटानमा भएको यु-१९ साफको उपाधि उचालेको थियो ।

उनी नेपालमा २०१९ मा भएको दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक बिजेता पनि हुन् । अर्पणले माल्दिभ्समा जेजे स्पोर्टस क्लब र भुटानमा पारो एफसीबाट लिग खेलेका छन् । यस्तै उनले नेपालमा नेपाल पुलिस क्लबबाट घरेलु लिग पनि खेलेका छन् ।

यस्तै च्यासलले दक्षिण एसियाली साफ कोटामा भारतीय खेलाडी सेम मार्टनलाई अनुबन्ध गरेको हो । भारतीय प्रथम डिभिजनको आई लिग च्याम्पियन रहेका मार्टनलाई च्यासलले चेन्नाइ सिटी फुटबल क्लबबाट भित्र्याएको हो । २६ वर्षीय मार्टनसँग एएफसी कपको पनि अनुभव रहेको छ ।

च्यासलले यसअघि नै साविक विजेता मछिन्द्र क्लबका कप्तान विराज महर्जन, मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठलाई अनुबन्ध गरिसकेको छ । यस्तै विदेशी कोटामा नेपाली मूलका इटालियन खेलाडी विकास मेराग्लिया तथा क्यामरुनका केत्चा यानिक र माउसा अबागानालाई समेत अनुबन्ध गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?