+
+

महाधिवेशनका लागि एमालेले पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १९:०६

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ ।

चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । ‘पार्टी सदस्यहरुबाट सय रुपैयाँ उठाउँदा सात करोड जति उठ्छ’, पाण्डेले भने । एमालेले पार्टी सदस्य संख्या सात लाख पुगेको दावी गरेको छ ।

त्यस्तै महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाउने भएको छ । लाभको पदमा रहेकाहरुबाट समेत निश्चित रकम संकलन गरेर महाधिवेशन हुने पाण्डेले बताए ।

सदस्यता नवीकरणबाहेक एमालेले यसअघि पार्टी सदस्यबाट महाधिवेशन प्रयोजनका निम्ति रकम उठाउने गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?