+
+

गुल्मीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १९:२४

२२ कात्तिक, गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मालिका गाउँपालिका–८ किसानटारीमा सोमबार दिउँसो साढे ४ बजे मोटरसाइकलले ठक्कर दिँदा ८१ वर्षकी जमुना खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

मोटरसाइलकालको ठक्करबाट मालिका गाउँपालिका–८ कि ७२ वर्षकी लीला खनाल घाइते भएकी छन् । सोमबार बेलुकी तम्घासबाट सिमलटारी तर्फ जादै गरेको लु ५५ प ९७५७ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका जमुना र लीलालाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते जमुनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी पाण्डेले बताए । अर्की घाइते लीलाको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई थप उपचारको लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक गुल्मी मालिका गाउँपालिका वडानम्बर–८ दगास बस्ने २७ वर्षको ललित पौडेल फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?