+
+

सफ्टवेरिका कलेजद्वारा ‘नेपाल आईओटी च्यालेन्ज’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १९:३५

काठमाडौं । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौंको डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा ‘नेपाल आईओटी च्यालेन्ज’ घोषणा गरेको छ ।

कलेजका अनुसार आफ्नो प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा विद्यार्थीहरूले पाँच जना सदस्यको समूह बनाएर सहभागी लिन सक्छन् । कलेजले आयोजना गरेको १० दिने निःशुल्क बुटक्याम्पमा दर्ता भएका समूहले सहभागी जनाउनु पर्ने छ ।

सफ्टवेरिका कलेजका विद्यार्थीहरूले हाल सम्म ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट लगायत अन्य थुप्रै कुराहरू निर्माण गरिसकेका छन् । यस्तै केही बनाउन सक्ने वा इच्छुक वा सोच भएका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन् ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमश: ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कार्यक्रममा भाग लिनका लाथि https://forms.gle/69QHGBNJuGE2D6NV6 लिंकमा गएर आफ्नो समूह दर्ता गराउन सकिने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?