+
+

डिम्याट खाता संख्या ४६ लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते ११:०१

२२ कात्तिक, काठमाडौं । शेयर राख्ने खाता डिम्याट खाताको संख्या ४६ लाख नाघेको छ । शेयर बजारमा नयाँ लगानी भित्रने क्रमले एक महिनामा नै एक लाख नयाँ डिम्याट खाता थपिएका छन् ।

शेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने कार्यालय सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार सम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय पुगेको छ ।

सिडिएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३ सय १९ पुगेको छ । मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा बिक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरुले आईपीओ भर्न समेत बैंकमा पुग्नु पर्ने हुन्छ ।

डिम्याटमा भएका शेयर संख्या समेत वृद्धि भएको छ । अहिले ७ अर्ब ३९ करोड २४ लाख ८४ हजार ६०४ कित्ता शेयर डिम्याटमा रहेका छन् । चार वर्ष पहिले कागजी रुपमा रहने शेयर प्रमाणपत्र युगको अन्त्य गर्दै डिम्याट खाता अनिवार्य गरिएको थियो । तर अझै पूर्ण रुपमा शेयर डिम्याटमा आइनसकेको सिडिएससीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?