+
+

‘म्यानचेष्टर युनाइटेडले प्रशिक्षक फेर्ने बेला आयो’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १८:०३

२३ कात्तिक, काठमाडौं । इंग्ल्याण्डका पूर्व डिफेण्डर रियो फर्डिनान्डले म्यानचेष्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सगेयरमाथि प्रश्न उठाएका छन् ।

यो सिजन राम्रो प्रदर्शन गर्न नसकेको युनाइटेड शनिबार म्यानचेष्टर डर्बी हारपछि प्रशिक्षक सोल्सगेयर दबावमा छन् । युनाइटेडका पूर्व डिफेण्डर फर्डिनान्डले भने नर्वेजियन प्रशिक्षक सोल्सगेयरले अब क्लब छाड्नुपर्ने बताएका छन् ।

लिभरपुलसँग ५–० को लज्जास्पद हार व्यहोरेको युनाइटेड, सिटीसँग २–० ले पराजित भएको थियो । प्रिमियर लिगको पछिल्लो ६ खेलमा युनाइटेडले ४ अंक मात्र जोडेको छ र लिग लिडर चेल्सीभन्दा ९ अंक पछाडि रहेर तालिकाको छैटौं स्थानमा छ ।

अहिले धेरै खेलाडी राष्ट्रिय टिमबाट खेल्न गएको समयमा सोल्सगेयर पनि नर्वे आएका छन् । ओल्ड ट्राफर्डले पनि तत्काल प्रशिक्षक परिर्वतर्नको संकेत गरेको छैन ।

तर फर्डिनान्डले भने युनाइटेडको खेल हेर्दा आफू अलमलमा पर्ने गरेको बताएका छन् । ४३ वर्षीय फर्डिनान्ड भन्छन्, ‘म हरेक हप्ता आफ्नो टिमलाई हेर्छु र रणनीतिक रुपमा कता गइरहेका छौं भन्ने सोच्छु, जुन टिमले १२ वर्षमा ६ लिग उपाधि जित्यो ।’

‘युनाइटेडको खेलमा म कुनै सिद्धान्त वा पहिचान देख्दिनँ । म टिमलाई हेर्दा कन्फ्यूज हुन्छु’

उनले सोल्सगेयरले लिगको उपाधि जिताउँछन् भनेर आफू कहिल्यै विश्वस्त हुन नसकेको समेत बताएका छन् ।

यद्यपि जित्छ कि भन्ने आश गरेको भन्दै उनले भनेका छन्, ‘तर यो सिजनको सुरुवातमा टिमले जुन प्रदर्शन गर्‍यो, मलाई लाग्छ अब समय आयो । छडी अरु कसैलाई दिनुपर्छ, जसले हामीलाई अगाडि लैजान सकोस् ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?