+
+

उपमेयर कप महिला राष्ट्रिय लिग छनोट : ललितपुर र धनगढी सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १८:५८

२३ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार सुरु भएको क्वाटरफाइनलको पहिलो खेलमा ललितपुरले झापाको शिवसताक्षी नगरपालिकालाई ४-० ले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा ललितपुरको जितमा निर्मला विकले ह्याट्रिक गरिन् भने मनिषा शेनले एक गाल गरिन् ।

ललितपुरले अब सेमिफाइनलमा झापाको कन्काइ नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाबीचको विजेतासँग खेल्नेछ ।

यस्तै दोस्रो क्वाटरफाइनलमा धनगढीले बर्दियाको बाँसगढी नगरपालिकालाई १२-१ को फराकिलो अन्तरले हरायो ।

धनगढीको लागि चन्द्रा भण्डारीले ५ गोल गर्दा रेखा पौडेलले ४ गोल गरिन् । यस्तै सरस्वती रोकाया, सुरक्षा कुमारी सिंह र विर्सना चौधरीले एक–एक गोल गरे । बाँसगढीका लागि एकमात्र गोल अमिशा कार्कीले गरिन् ।

धनगढीले अब सेमिफाइनलमा इलामको रोङ गाँउपालिका र कैलालीको गौरीगंगा नगरपालिकाबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगितामा बुधबार अन्तिम दुई क्वाटरफाइनल खेल हुनेछ । सेमिफाइनलको दुवै खेल शुक्रबार हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?