+
+

सर्वोच्चको गतिरोध हटाउन सरकारले पहल गर्नुपर्छ, समन्वय समिति आवश्यक छैन : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते ९:४४

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । साथै उनले राजनीतिक समन्वय समिति आवश्यक नरहेको धारणा पनि राखेका छन् ।

गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले सो धारणा राखेका हुन् ।

न्यायालयमा देखिएको समस्याको कारण जनतालाई असुविधा भएको भन्दै उनले भने, ‘कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुःख पाइरहेका छन्, संविधानको भावना र मर्म अनुसार विधिसम्मत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’

न्यायालयमा देखिएका समस्या त्यहीभित्रबाट समाधान होस् भनेर मात्र नहुने उनले बताए । ‘सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न ।’

‘न्यायालयमा देखिएका समस्या त्यहीं भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन । सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न ।’

अर्को एक प्रसंगमा उनले सत्ता गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताए ।

सरकारका कामकाजमा सहज बनाउन भन्दै सत्तारुढ दलहरुले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाएका छन् ।

तर कांग्रेसकै नेता सिंहले भने सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत अनुसार समिति बनाइएको भन्दै उनले त्यसको औचित्य नरहेको बताए ।

नेता सिंहले भने, ‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन ।’

‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?