+
+

पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १४:०१

२४ कार्तिक, बुटवल। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने बताएका छन् ।

नेपाल महिला संघ रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाका विश्वासपात्र खाणले गठबन्धनको सरकार बचाउँदै आउने निर्वाचन सफल बनाउनका लागि प्रधानमन्त्री देउवा नै पार्टी सभापतिमा निर्वाचित हुनुपर्ने बताए ।

नेपाली कांग्रेसलाई सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि लैजान र पहिलो पार्टी बनाउन सत्ता गठबन्धन बचाँउदै अगाडि बढ्नु पर्ने खाणले बताए ।
लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउन खांणले कार्यकर्तालाई आग्रह गरे ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब पाँच सय जना व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका पार्टी जिल्ला सचिव रामकृष्ण खाणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?