+
+

मलद्वारमा लुकाएर सुन तस्करी, विमानस्थलबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १५:१४

२४ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उनले सुन ल्याएको खुलेको थियो ।

‘पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो’ उनले अनलाइनखबरसँग भने ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बाँस्तोलाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?