+
+

एक सय करोड क्लबमा प्रवेश गर्‍यो ‘सूर्यवंशी’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १६:४५

बलिउड चलचित्र ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो ।

कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ । यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, सोमबार १४.५१ करोड कमाइ गरेको थियो भने मंगलबार ११.२२ करोडको व्यापार गरेको छ । चलचित्रले हालसम्म भारतीय बक्स अफिसमा १०२.८१ करोडको कमाइ गरेको छ ।

चलचित्रले एक सातामा १२० करोडको कमाइ गर्ने आँकलन गरिएको छ ।

रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रले ओभरसिजमा पनि आक्रामक कमाइ गरिरहेको छ । चलचित्रले नेपाली बक्स अफिसमा पनि करिब ३ करोड ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् । चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, अजय देवगण, रणवीर सिंहको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?