+
+

प्रभु बैंकको शेयर कारोबार रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ११:५०

२५ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । शेयर कारोबार समयमा नै बैंकको सञ्चालक समिति बैठक बसी लाभांश घोषणा गरिएको र यसले मूल्यमा असर परेको भन्दै नेप्सले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

प्रभु बैंकलाई स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । बैंकले शेयरधनीहरूलाई चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कारोबार समयमा नै बैठक बसी लाभांश घोषणा गर्न नमिल्ने भए पनि बैंकले १ बजे बैठक बसी निर्णय गरेको भन्दै जवाफ पेश गर्न भनिएको छ ।

बिहीबार बैंकलाई पत्राचार गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । नेप्सेका अनुसार अर्को निर्णय नहुञ्जेलसम्म प्रभु बैंकको शेयर कारोबार रोक्का हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?