+
+

प्रधानमन्त्री देउवाले आफूनिकट नेतालाई छलफलमा बोलाए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १४:५९

२५ काठमाडौं । १४ औं महाधिवेशन नजिकिएसँगै नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट नेताहरुसँगको छलफल बढाएका छन् ।

उनले बिहीबार दिउँसो आफू निकटका कांग्रेसका पदाधिकारीलाई छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार महाधिवेशनको तयारीबारेमा छलफल गर्न अनौपचारिक बैठक बस्न लागेको हो ।

बैठकमा देउवाले उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री महतलगायतका नेतालाई बोलाएका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?