२५ कात्तिक, काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्टेभन जेरार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
तीन वर्ष स्कटिस क्लब रेन्जर्सका प्रशिक्षक रहेका लिभरपुलका पूर्व कप्तान जेरार्डलाई एस्टन भिल्लाले बिहीबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
४१ वर्षीय जेरार्डले रेन्जर्सलाई १० वर्षपछि गत सिजन पहिलो उपाधि दिलाएका थिए । जेरार्डले अब एस्टन भिल्लामा आइतबार बर्खास्तीमा परेका डिन स्मिथको स्थान लिनेछन् ।
एस्टन भिल्ला हाल प्रिमियर लिगमा १६ औं स्थानमा छ र रेलिगेसन जोनभन्दा २ अंकले मात्र माथि छ ।
प्रशिक्षक बनेर प्रिमियर लिगमा फर्किएका जेरार्डले इंग्लिस फुटबलमा एस्टन भिल्लाको इतिहास राम्रो रहेको भन्दै यसको प्रशिक्षक हुन पाउनु गर्वको विषय भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4