+
+

थप ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १६:४५

२५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २७९ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ भने ७ लाख ९७ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेका छन् । जसमध्ये ७ हजार १० जना होम आइसोलेसनमा रहेका छन् भने ५२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८८ जना आईसीयू र ५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?