+
+

बागमती प्रदेशमा जम्मकट्टेल अर्थमन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १७:२१

२५ कात्तिक, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री बनाउन लागेका हुन् ।

जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । माओवादी केन्द्रका एक सांसदका अनुसार प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकाले आर्थिक मन्त्रालय जम्मकट्टेल लिएका हुन् । जम्मकट्टेलले बिहीबार शपथ लिनेछन् ।

११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले त्यही दिन तीन जना मन्त्री नियुक्त गरेका थिए ।

एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल आन्तरिक मामिला तथा कानून, कांग्रेसका कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकास र माओवादी केन्द्रकी कुमारी मोक्तान सामाजिक विकासमन्त्री छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?