+
+

डा.संज्ञा मल्लले पाइन् राष्ट्रसंघीय महिला प्रहरी अधिकृतको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १५:५४

२६ कात्तिक, काठमाडौं। ११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई प्रदान गरिएको छ ।

मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ ।

उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ को अवसरमा डा. मल्ललाई दिइएको हो ।

प्रहरी उपरीक्षक डा. मल्लले मोनुस्कोमा कार्यरत रहेदेखि कोभिड-१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छिन् ।

महामारीमा मोनुस्कोमा कार्यरत अनपोल कर्मचारीहरूलाई काउन्सिलिङ गर्न समर्पित भइ उनले काम गरिरहेका छिन्।

वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उनको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?