+
+

सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १६:१८

२६ कात्तिक, काठमाडौं । सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकलाई नेपाल सुनचाँदी व्यवसायी महासंघलेे आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधि मण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी व्यवसायीको संख्या, यो व्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका विषय समेटिएको प्रतिवेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुनको वितरण अपर्याप्त भएको जनाएको हो ।

त्यस क्रममा महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न वाणिज्य बैंक मार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई ब्यवस्थित र प्रभावकारी वनाउन गोल्ड बैंक मार्फत आपूर्ति गर्ने ब्यवस्था मिलाउनु पर्ने बताए । विभिन्न नाकावाट सुनको वितरण गर्नुपर्ने नीतिगत व्यवस्था भए पनि हालसम्म सुनको वितरण काठमाडौं केन्दि्रत रहेकोले त्यसलाई विकेन्द्रित गर्दै सहज रुपमा तोकिएका नाकावाट ब्यवसाायीले कच्चा सुन पाउने ब्यवस्था मिलाउनु पर्ने अध्यक्ष शाक्यको भनाइ थियो ।

व्यवसायीसँगको भेटमा कार्यकारी निर्देशन पौडेलले प्रतिवेदन बुझ्दै व्यवसायीका मागलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिएका थिए । भेटमा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?