+
+

ट्राङ्लोबाट इसेवामनी ट्रान्सफरमार्फत नेपालमा रकम पठाउन सकिने 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ११:२०

इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेसियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।

यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउन सकिनेछ।

साथै नेपालमा रहेका इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिनेछ।

पचास लाख बढी प्रयोगकर्ताहरु रहेको ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दा ७७ रुपैयाँको वालेट बोनस प्राप्त हुनेछ। यसका साथै, सिधैँ बैंक खातामा पनि रेमिट्यान्स् प्राप्त गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?