+
+

खुकुरी रमको नयाँ प्याक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १४:१५

२७ कात्तिक, काठमाडौं । नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ ।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी काठमाण्डौमा कात्तिक २६ गते शुक्रबार एक विशेष समारोहका बीच विशिष्ट अतिथि तथा संचारकर्मीहरुको समुपस्थिति र विश्वभरबाट जोडिनुभएका ग्राहकहरुको भर्चुअल सहभागितामा २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरिएको हो ।

खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उतारेको हो ।

लण्डनको विश्वबिख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले कार्यक्रममा उपस्थित सबैको ध्यान तानेको देखिएको थियो । भौतिक रुपमा नयाँ प्याकेजिङ सार्वजनिक समारोहमा उपस्थित भएका र अनलाइनमार्फत विश्वभरबाट कार्यक्रममा जोडिएकाहरुले नयाँ प्याक विश्वस्तरीय देखिएको भन्दै तारिफ गरे ।

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्च समेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरुबाट आएका प्रतिक्रियाहरुलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरु झल्किने गरी विशेषताहरु समावेश गरिएका हुन् ।

प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएकोमा कार्यक्रममा अतिथिको रुपमा आमन्त्रित सेलिब्रेटीहरु तथा अन्य विशिष्ट अतिथिहरु खुशी देखिन्थे । उही पुरानो स्वाद र आकर्षक प्याकले खुकुरी रमले आफ्नो ग्राहकको मनमा अझ अटूट छाप छाड्न सफल हुने उनीहरुको विश्वास छ ।

बीस वर्षदेखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहेकोले कतिपय ग्राहकले बीसौ वर्षदेखि आफूहरुको हृदयमा राज गरेको खुकुरी रमको पुरानो प्याक सम्झनाका लागि राखेको समेत सो क्रममा बताएका थिए ।

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो ।

खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?