+
+

८,२४३ परीक्षणमा २९५ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १६:२६

२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७,२७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ७९, ललितपुरमा ३३, भक्तपुरमा ६, झापामा ३०, कास्कीमा १६, मोरङमा १३, नवलपरासी पूर्वमा ८, कैलालीमा ७, सुनसरीमा ६, महोत्तरी र रुपन्देहीमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?