+
+

सर्वोच्चमा आज पनि धर्ना, प्रधानन्यायाधीशलाई गेटमै रोक्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ८:२६
सर्वोच्च अदालत घेर्न पुगेका वकिलहरू । फाइल तस्वीर

२८ कात्तिक, काठमाडौं । दुई सातादेखि आन्दोलनरत कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित आज पनि धर्ना दिंदैछन् ।

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।

कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने बताए ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् । जबराको विरोधमा रहेका न्यायाधीशहरु उनले तोकेको इजलासमा पनि बसेका छैनन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?