+
+

चितवनमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ८:५१

२८ कात्तिक, चितवन । नेकपा (एमाले) चितवनले पार्टीको दशौं महाधिवेशनका लागि तीन निर्वाचन क्षेत्रबाट २८ प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

शनिबार राती अबेर महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

चितवन निर्वाचन क्षेत्र नं. १ मा खुल्लातर्फ जेएन थपलिया, दावालामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस),नारायण वन, यादव पाठक, कमल पाठक, महिलामा प्रभा वराल, सुनिमाया चोपाङ, विमला दवाडी, चितवन क्षेत्र नं. २ बाट खुल्लामा कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टीका रिजाल, तेजेन्ऽबहादुर खड्का, पुरुषोत्तम न्यौपाने, महिलामा सूर्यवदना हमाल, शान्ती अधिकारी, माया सिलवाल चयन भएका छन् ।

यस्तैं, चितवन निर्वाचन क्षेत्र नं. ३ मा खुल्लातर्फ हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना, महिलातर्फ पार्वती रावल, सरस्वती विष्ट दलिततर्फ शिवकुमारी गोतामे र श्यामलाल विक चयन भएका छन् ।

प्रतिनिधि छनोटका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका जिल्ला इन्चार्ज काशिनाथ अधिकारीको संयोजकत्वमा चारजना केन्ऽीय सदस्य रहेको कार्यदल बनाइएको थियो । २८ जना प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएका थिए ।

यसैबीच एमालेले जिल्लाका एक महानगरसहित तीन पालिकामा रोकिएको अधिवेशन पनि सम्पन्न गरेको छ ।

कालिका नगरपालिकामा केशव लामा, राप्ती नगरपालिकामा पूर्णबहादुर थापा र माडीमा नारायण अधिकारीलाई अध्यक्ष चयन गर्दै अधिवेशन सम्पन्न भएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?