+
+

नर्सिङ होमका भ्रष्टाचार उजागर गर्दै आएका भारतीय पत्रकारको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ८:५६

२८ कात्तिक, काठमाडौं । भारत बिहारको बेनीपट्टी जिल्लाका अस्पताल र नर्सिङ होमको भ्रष्टाचार उजागर गर्दै आएका स्थानीय एक पत्रकार बुद्धिनाथ झाको हत्या भएको छ ।

परिवारका सदस्यहरुले अस्पताल सञ्चालकले नै उनको हत्या गराएको दाबी गरेका छन् ।

मधुबनी जिल्लाको बेनीपट्टी इलाका प्रहरीका इञ्चार्ज अरविन्द कुमारले २२ वर्षीय झाको हत्या भएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार झाको शव आधा जलेको अवस्थामा फेला परेको छ ।

उनका अनुसार हत्याको अनुसन्धान गर्न केही व्यक्तिलाई हिरासतमा लिइएको छ ।

पत्रकार झाले बीएनएन न्यून बेनीपट्टीमा काम गर्दथे । बेनीपट्टीमै घर भएका झा दुई वर्षदेखि पत्रकारीतामा रुपमा सक्रिय थिए ।

उनको अपहरणपछि हत्या भएको उनका दाजु त्रिलोक झाले बताएका छन् । ९ नोभेम्बरमा अपहरण भएको र १२ नोभेम्बरमा उनको शव फेला परेको उनले बीबीसी हिन्दीलाई जानकारी दिएका छन् ।

त्रिलोकका अनुसार बुद्धिनाथले सुरुमा क्लिनिक खोलेका थिए । त्यहाँ बाहिरबाट आएका डाक्टरहरुले स्थानीयको उपचार गर्दथे । तर स्थानीय नर्सिङ होम सन्चालकहरुले अति दुःख दिएपछि उनी क्लिनिक बन्द गर्न बाध्य भए । त्यसैबेलादेखि उनी पत्रकारितामा सक्रिय भएको र नर्सिङ होम तथा अस्पतालका गलत क्रियाकलापको मिडियामार्फत् उजागर गर्न सुरु गरेको परिवारका सदस्यहरुले बताएका छन् ।

उनले सरकारी निकायहरुमा पनि नर्सिङ होम, प्याथ ल्याब र अस्पतालका गलत क्रियाकलापका सूचनाहरु दिने गर्दथे । सोही सूचनाको आधारमा सरकारले बेनीपट्टी र धकजरीका १९ ल्याब र नर्सिङ होमलाई बन्द गराएको थियो ।

उनले ७ नोभेम्बरको दिन फेसबुकमा ‘खेल अब सुरु हुनेवाला छ…।’ लेखेर पोष्ट गरेको र त्यसको दुई दिनपछि राति करिब १० बजेतिर उनको अपहरण भएको र त्यसपछि हत्या भएको परिवारका सदस्यहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?