+
+

आदेशले सार्वजनिक गरे ‘तिमी र म’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १३:२७

गायक आदेश क्षेत्रीको स्वरमा रहेको ‘तिमी र म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा आदेश पौडेलको शब्द तथा संगीत छ । अमेरिका रहँदै आएका आदेशले सानैदेखि गीत-संगीतमा रुचि भएकाले आफूले गायन यात्रा शुरु गरेको बताए ।

यो गीतको भिडियोमा प्रेक्षा बज्राचार्य र आदेश क्षेत्रीको अभिनय छ । भिडियोमा आदेश र प्रेक्षा रोमान्टिक अवतारमा देखिएका छन् । गोपाल आचार्यको निर्देशनमा बनेको भिडियोमा हिमाल शर्माको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

आदेशले आफू अब निरन्तर रुपमा सांगीतिक क्षेत्रमा अगाडि बढ्ने पनि बताए । गीत रिलिज कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हेमराज ढकाल, कलाकार उमा गिरी लगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?