+
+

पेरिसले प्रेमी कार्टरसँग गरिन् बिहे

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १५:५६

हलिउड नायिका तथा गायिका पेरिस हिल्टन वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी कार्टर रेमसँग बिहे गरेकी हुन् । यी दुवैले नोभेम्बर ११ मा बिहे गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा यी दुईको विवाहको तस्वीर चर्चामा छ । वैवाहिक समारोहमा पेरिस सेतो गाउनमा प्रस्तुत भएकी थिइन् ।

पेरिसले आफू र कार्टर १५ वर्षदेखि नजिकको साथी भएको बताएकी छन् । उनले सन् २०१९ मा कार्टरले आफूलाई ‘प्रपोज’ गरेको बताएकी छन् । पेरिसले प्रपोजको दिन कार्टर निक्कै रोमान्टिक बनेको र आफ्नो सम्पूर्ण परिवार उक्त समयमा उपस्थित भएको पनि उल्लेख गरेकी छन् ।

पेरिसको स्वरमा ‘स्टार्स आर ब्लाइन्ड, नोथिङ इन दिस वल्र्ड, टर्न इट अप, डू या थिंक आई एम सेक्सी, हर्टविट लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?