+
+

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १७:४२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको फाइल तस्वीर ।

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो ।

हाल पार्टीको प्रदेश समिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।

बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति गठन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?