+
+

सेन्ट्रल जोनको उपाधि रक्षा गर्ने लक्ष्यसहित नेपालको प्रशिक्षण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १९:२१

२८ कात्तिक, काठमाडौं। बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आजबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ ।

२० खेलाडी समावेश गरि अभ्यास थालिएको हो । नेपाल भलिबल संघको बिहीबार बसोको कार्यसमितिको बैठकले महिला टिमको प्रशिक्षण सुरु गर्ने योजना अनुसार प्रशिक्षण थालेको हो ।

प्रतियोगिताका तयारीका लागि यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी सहित नेपाल पुलिसका तीन खेलाडीलाई समावेश गरिएको छ ।

नेपाल प्रहरीको आन्तररिक प्रीशक्षणमा रहेका पुलिसका खेलाडीत्रय कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ थपिएका छन् । एसियन च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडी प्रशिक्षणमा रहेपनि चोटका कारण रिया कुँवर टोलीबाट बाहिर छिन् ।

यस अघि २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा नेपालले सबै खेलमा स्पष्ट जित निकाल्दै उपाधि घर भित्र्याउन सफल भएको थियो । २०२० मा आयोजना भइसक्नु पर्ने प्रतियोगिता विश्वभर फैलिएको कोरोना महामारीका कारण तय भएको तालिकामा आयोजना हुन सकेको थिएन ।

महिला टोलीले अभ्यास थाले पनि पुरुष टोलीले कहिले अभ्यास थाल्ने अझै टुङ्गो लागेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?