+
+

कांग्रेस बैठकमा देउवा र सिंहबीच सवाल जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते २१:१९

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सवाल जवाफ भएको छ ।

सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकमा सिंहले पाँच दलको समन्वय समिति गठन र चुनावी तालेमलबारे प्रश्न उठाएका थिए । एक केन्द्रीय सदस्यका अनुसार सिंहले समन्वय समितिको उद्देश्य के हो ? सभापति आफैं किन नबसेको जस्ता प्रश्न गरेका थिए ।

सभापति देउवाले तत्काल जवाफ फर्काए । समन्वय गर्न समिति बनाएको भन्दै उनले भने, उनले भने, ‘यो राष्ट्रिय सभा निर्वाचनसम्मका लागि मात्रै हो, त्यसपछि रहन्न ।’

पूर्वमहामन्त्री सिंहले सत्तारुढ दलहरुसँग चुनावी तालेमल गर्ने हो भनेर समेत प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले चुनाव तालेमलबारे छलफल नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?