+
+

प्रकाशमानको टिप्पणी : बूढानीलकण्ठ हामीले नदेखेको हो र !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १३:३९

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको बैठक सभापतिको घरमा राखेकोमा असन्तुष्टि जनाएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले बूढानीलकण्ठ नदेखे झैं गरेर सभापति शेरबहादुर देउवाको निवासमा बैठक राखिएको टिप्पणी गरे । ‘पार्टी केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापतिको घरमा राखिन्छ । कार्यालयमा राख्नु पर्‍यो नि’ उनले भने, ‘बूढानीलकण्ठ हामीले नदेखेको हो र ! उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बूढानीलकण्ठ भगवानको पूजा गर्न जान्थ्यौं नि !’

क्रियाशील सदस्यता विवादलाई लिएर रौतहटका नेता कार्यकर्ता लामो समयदेखि पार्टी कार्यालयमा धर्ना बसेको भन्दै उनले भने, ‘जुन जिल्ला, जुन क्षेत्रको जुन वडाको जहाँ प्रोब्लम छ विधि र नियम अनुसार सम्बोधन गर्ने प्रयास गरौं ।’

पार्टी प्रवेश, समायोजनको नाममा आफू अनुकूल नाम राखेपछि प्रदेश २ मा विवाद भएको उनले बताए ।

पार्टी सभापतिको गृहजिल्ला डडेलधुरामा के भयो भन्ने सबैले देखेको भन्दै उनले भने, ‘सत्तामा छु भन्दैमा पुलिसको घेरामा राखेर विधि र नियम पूरा नगरी अधिवेशन भो भनेर घोषणा गर्दैमा हुन्छ ? यसले पार्टीलाई राम्रो गर्दैन ।’

पूर्वमहामन्त्री सिंहले नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेको बताए । आफू कांग्रेसमा शुद्धीकरण र सुदृढीकरणको अभियानमा रहेको भन्दै उनले अब आसन्न महाधिवेशनमा राजनीतिक न्याय दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?